सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम, कति पुग्यो ?

Posted on: 08 Jan, 2020

पुस २३, काठमाडौँ | आज बुधबार सुनको मूल्य बढेको छ | मंगलबारको तुलनामा रु एक हजारले बढेर आज प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मूल्य पनि बढेको छ मंगलबारको तुलनामा रु २० ले बढेर प्रतितोला ९ सय २० कायम भएको हो |

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हाल सम्मकै उच्च हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!