राहदानीको खोल बिक्री गर्न नपाइने

Posted on: 12 Jan, 2020

पुस २७, काठमाडौँ | राहदानी विभागले नेपालमा चल्तिमा रहेको राहदानीजस्तै देखिने खोल बिक्री वितरण गर्न नपाइने बताएको छ | राहदानी विभाग नारायणहिटी काठमाडौँले आइतबार एक सूचना जारी गर्दै राहदानीजस्तै देखिने हरियो खोल बिक्री वितरणमा रोक लगाएको हो |

‘झट्ट हेर्दा साधारण राहदानीजस्तो देखिने राहदानीको खोल खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको हुँदा यस प्रकारको खोल बिक्री तथा खरिद नगर्नु हुन सर्वसाधारणमा अनुरोध गरिन्छ’ विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ |

राहदानीको सुरक्षाको लागि भन्दै यस्ता खोलहरु बिक्रिवितरण हुँदै आएका छन् |



यस बिषयमा तपाइको प्रतिक्रिया...!