अब नेपालले चीनका चार सामुद्रिक र तीन सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने

Posted on: 12 Jan, 2020

पुस २७, काठमाडौं | अब नेपालले चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ | नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि अब नेपालले चिनियाँ बाटो हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न पाउने बाटो खुला भएको हो |

चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न सक्ने वाणिज्य सचिव डा.सचिव बैकुण्ठ अर्यालले जानकारी दिए |

हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला,रसुवा र तातोपानी नाकासहितका ६ नाका नेपालले प्रयोग गर्न पाउने भएको हो | मन्त्रालयका अनुसार नेपालमा दर्ता भएका सवारी साधन अनुमति लिएर सिगात्सेसम्म जान सकिनेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!