श्रम मन्त्रालयका ४ सह सचिवको जिम्मेवारी हेरफेर, श्रम सम्बन्धमा प्रकाश दाहालको इन्ट्री

Posted on: 13 Jan, 2020

पुस २८, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ जना सह सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । प्रधानमन्त्री रोजगार कार्यकम प्रमुख एवं सह सचिव प्रकाश दाहाललाई श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाको जिम्मेवारी दिइएको मन्त्रालयका सूचना अधिकारी प्रदीपराज अधिकारीले जानकारी दिए । 

श्रम मन्त्रालय मातहत रहेको व्यवसायिक सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक एवं सह सचिव सुमन घिमिरेलाई मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयबाट सरुवा भएर आएका सहसचिव रामचन्द्र ढकाललाई प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सरुवा भएर आएकी सह सचिव रुद्रादेवी शर्मालाई वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको काठमाडौं कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ ।

सरकारले पुस तेस्रो साता ८ सह-सचिवको सरुवा गरेको थियो । सो बेला श्रम मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा नारायण रेग्मीलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालय र श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा हेर्दै आएका सह सचिव डा. रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा सरुवा भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!