भ्रष्टाचार रोक्न कर्मचारीको तलब बढाउनु पर्ने अख्तियारको सुझाव

Posted on: 13 Jan, 2020

पुस २८, काठमाडौँ |  कर्मचारीको तलब वृद्धि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ | राष्ट्रसेवक कर्मचारीको तलब कम भएको भन्दै भ्रष्टाचार  कम गर्नका लागि तलब बढाउनु पर्ने अख्तियार आयोगको भनाइ छ |

 आयोगले सोमबार पत्रकार भेटघाट गर्दै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्दै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताएको हो |

नेपाल सरकारलाई ८१ वटा सुझाव दिँदै आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमानमा पुनरावलोकन गर्न सुझाव दिएको हो | तलब मापनमा वृद्धि गर्न सकिए भ्रष्टाचार नियन्त्रणमा मदत पुग्ने आयोगको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!