एनसेलले ल्यायो 'मेरो प्लान' साप्ताहिक प्याकमा,यस्ता छन् सुविधा

Posted on: 14 Jan, 2020

पुस २९, काठमाडौँ | दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ  | जस अन्तर्गत ग्राहकले सस्तो दरमा डेटा र भ्वाइस सेवाको सुविधा लिनसक्ने छन् |

आज देखि लागु हुने उक्त योजनामा एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ | २ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र ९५.७७ मा २ जिबी डेटा पाउने कम्पनीले जनाएको छ | जस अन्तर्गत एनसेल नेटवर्क भित्र करसहित मात्र १.२८ रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवा पाउने छन् | त्यस्तै ६ जिबी प्लान अन्तर्गत कर सहित मात्र १९१.५४ रुपैयाँमा मा ६ जिबी (४ जिबी + २ जिबी भिडियो डेटा) पाउने छन् | यो अन्तर्गत  भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तै गुगल प्ले, म्याप्स आदि चलाउन  समेत सकिने छ |

मेरो प्लानको विषेशता डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने छ | डेटा भोलुम सकिएपछि आवश्यकता अनुसारको मेरो प्लानहरु तुरुन्त सुचारु गर्न सक्नेछन् | यो अवधि डेटा भोलुमको समयावधि सुचारु भएको दिन देखि ७ दिनको रहने छ |

ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ | योजनामा रहेका कुनै पनि प्लान सुचारु गरेपछि हरेक हप्ता स्वतः नवीकरण हुनेछ भने जसको लागि प्लान अनुसारको ब्यालेन्स हुनु पर्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!