आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 14 Jan, 2020

पुस २९, काठमाडौँ | आज मंगलबार सुनको मूल्य घटेको छ | सोमबारको तुलनामा रु ८ सयले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य ७४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार ७ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मूल्य पनि घटेको छ | चाँदीको मुल्य प्रतितोला ८ सय ८० कायम भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!