अब चेक डिपोजिट गर्दा तीन पुस्ते विवरण चाहिने

Posted on: 14 Jan, 2020

पुस २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले एन्टी मनि लाउन्ड्रिङ सिस्टम –एएमएललाई अनिवार्य रूपमा कार्यान्वयनका लागि चेक डिपोजिक गर्दा माघ १ गते देखि अनिवार्य रुपमा तीन पुस्ते विवरण चाहिने बताएको छ |

बुधबार देखि सबै वाणिज्य बैंकले अनिवार्य गो एएमएल प्रणालीमा आवद्ध हुनु पर्ने छ | यो प्रणालीमा आबद्ध हुनको आगी राष्ट्र बैंकले माघ १ गते सम्मको समय सिमा दिएको थियो | राष्ट्र बैंकले यस अघि नै एन्टी मनि लाउन्ड्रिङ सिस्टम –एएमएललाई अनिवार्य रूपमा कार्यान्वयन गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिइसकेको छ |

राष्ट्र बैंकका अनुसार हालसम्म डेढ दर्जन बैंकहरु गो एएमएल प्रणालीमा  गैसकेका छन् | भने  डिजिटलाइजेसनमा जानको लागि उक्त सिष्टम लागु गरिएको हो | हाल राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्ने गर्छ | 

गो एमएलमा गएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा फरकफरक शाखा र समयबाट डिपोजिट भए देखिने छ | यो सिष्टम अन्तर्गत  गो–एएमएलमा जानका लागि चेक जम्मा गर्नेको नाम, ठेगाना, सम्पर्क नम्बरदेखि अन्य विवरण पनि उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!