काठमाडौँका १८ पेट्रोल पम्प हटाईदै

Posted on: 14 Jan, 2020

पुस २९, काठमाडौँ | सरकारले उपत्यकाका विभिन्न ठाउँमा रहेका १८ वटा पेट्राेल पम्पलाई हटाउने भएको छ |  सडक संगै  जोडेर बनाइएका पेट्रोल पम्पहरू सरकारले हटाउने निर्णय गरेको हो |  पुस १५ गतेको मन्त्रिपरिषद निर्णयअनुसार गृह मन्त्रालयले ती पेट्रोल पम्पहरू हटाउन लागेको छ |

गृह मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन  पनि दिइसकेको छ | पहिलो चरणमा कलंकीदेखि चापागाउँसम्मका १८ वटा पेट्रोल पम्प स्थान्तरण गराउने निर्णय सरकारले गरेको थियो | मूल सडक नै छेक्ने गरी निर्माण भएका ती पेट्रोल पम्पका कारण सडक जाम बढेको र जोखिम पनि बढेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो |

सरकारको निर्णयअनुसार स्थानान्तरण गराउन लागिएका पेट्रोल पम्पहरू महाराजगञ्जको सीता, गैरीगाउँको भ्याली रिकेश, कोटेश्वरको कामाख्या, बौद्धका जुबी र बराल, जाउलाखेलको साझा, एचपी इन्टरनेसनल तथा चापागाउँका बज्रबाराही, बालकुमारी पेट्रोल पम्प र टिका भैरव डिजेल स्टोर रहेका छन् |

कलंकीको बाबा, श्यामा र त्रिशुल पेट्रोल पम्प, बालाजुको कोतःधुकु, कालीमाटीको कनक, थापाथलीको जयन्ती र मायाराम भोलाराम पेट्रोल पम्पलाई पनि हटाउने निर्णय भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!