माघ १, एजेन्सी | 'द हेन्ले पासपोर्ट सूचांक'ले विश्वकै राम्रा र नराम्रा पासपोर्टको सूची सार्वजनिक गरेको छ | सिएनएनले जनाइए अनुसार विश्वकै पहिलो पासपोर्टको पहिलो नम्बरमा जापान रहेको छ | जापानी पासपोर्टबाट सबभन्दा धेरै देश सहजै जान पाइने भएकाले यो पहिलो भएको जनाइएको छ |
द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा यो सूची तयार पारेको हो | जापानी पासपोर्टबाट सबै प्रकिया गरी १९१ देश जान सकिने सिएनएनले बताएको छ | त्यस्तै १९० देश जान सकिने क्षमताका आधारमा सिंगापुर पासपोर्ट दोस्रो नम्बरमा परेको छ |
१८९ देश जान मिल्ने गरी दक्षिण कोरिया र जर्मनी दुवै तेस्रो स्थानमा छन् | चौथोमा इटाली र फिनल्यान्ड (१८८ देश), पाँचौं स्पेन, लक्जेम्वर्ग र डेनमार्क (१८७), छैठौं स्विडेन र फ्रान्स (१८६), सातौं स्विटजरल्यान्ड, पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्ड र अस्ट्रिया (१८५), आठौं अमेरिका, युके, नर्वे, ग्रिस र बेल्जियम (१८४), नवौं न्युजिल्यान्ड, माल्टा, चेक रिपब्लिक, क्यानडा र अस्ट्रेलिया (१८३) र दसौंमा स्लोभाकिया, लिथुआनिया र हंगेरी (१८३) छन्।
नेपाल सबै भन्दा खराबकोको सुचिमा परेको छ | ४० भन्दा कम देश जान मिल्ने भएको भन्दै खराब सुचिमा राखेको छ | ३९ देश जान मिल्ने १०० औं नम्बरमा उत्तर कोरिया छ | यसपछि क्रमशः लिबिया (३७ देश), यमन (३३), सोमालिया र पाकिस्तान (३२), सिरिया (२९), इराक (२८) र अफगानिस्तान (२६ देश) रहेको सिएनएनले जनाएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!