कुमारी बैंकमा देवः विकास बैंक गाभिने, बैंकको शाखा संजाल २ सय नाघ्ने

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौं । कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । बुधबार एक समारोहबीच उक्त प्राप्तीको (एक्विजेसन) औपचारिक हस्ताक्षर सम्पन्न भएको हो ।

कुमारी बैंकमा देवः विकास बैंक गाभिने

उक्त प्राप्तिका लागि समझदारीपत्रमा (एमोयू) कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय  कृष्ण प्रसाद ज्ञवाली तथा भरत बहादुर हमालले हस्ताक्षर गरेका छन् । सो समारोह दुवै बैंकका अध्यक्ष, संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका उच्च व्यवस्थापनका पदाधिकारीहरु माझ सम्पन्न भएको छन् ।

यस पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप १ अर्ब २० अर्ब तथा ऋण लगानी १ खर्ब ५ अर्ब भन्दा अधिक हुने भएको छ । यसैगरी, बैंकको शाखा संजाल २०० भन्दा अधिक हुने भएको छ ।

बैंकको आन्तरिक वित्तिय, मानव संसोधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि हुनुका साथै राष्ट्रिय बैंकिङ्ग तथा वित्तीय प्रणालीको सम्बर्धन भई सोप्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृद्धि पुग्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!