नेपालमा भारतले पेट्रोलियम तालिम केन्द्र बनाइदिने

Posted on: 21 Jan, 2020

माघ ७, काठमाडौँ | नेपालका लागि पेट्रोलियम तालिम केन्द्र भारतीय आयल कर्पोरेशन (आइओसी)ले  बनाइदिने भएको छ |

पुस २८ गते नयाँ दिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतलाई पेट्रोलियम तालिम केन्द्र बनाइदिन प्रस्ताव राखेको थियो |

भारतीय पक्षले तालिम केन्द्र बनाइदिने जवाफ दिएको उद्योग मन्त्रालयले बताएको छ | तालिम केन्द्र बनाइदिन भारतीय पक्ष सकारात्मक देखिएको मन्त्रालयले जनाएको छ | हाल निगमका कर्मचारी तथा इन्धनसँग सम्बन्धित व्यवसायीहरू तालिम लिन भारतलगायत अन्य देशमा जाने गरेका छन् |

उक्त तालिमकेन्द्र नेपालमै बनेपछि खर्च तथा समयको बचत हुने ब्ताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!