भोलि उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशमा बिदा

Posted on: 23 Jan, 2020

माघ ९, काठमाडौँ | बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा  दिइएको छ | उपत्यकाका तिन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर बाहेक अन्य जिल्लामा विदा दिइएको हो | तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा बागमती प्रदेश सरकारले विदा दिइएको हो |

 काठमाडौं, भक्तपुर र ललितपुरबाहेक बागमती प्रदेशका अरू जिल्लामा प्रदेश सरकारले दिएको बिदा लागू हुने जनाइएको छ | गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो |

केन्द्र सरकारले बिदा दिएका बेला मा उपत्यकाभित्रका तीन जिल्लामा विदा हुन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!