आज पनि बढ्यो सुनको मुल्य,कति पुग्यो प्रतितोला ?

Posted on: 27 Jan, 2020

माघ १३, काठमाडौँ | सोमबार पनि सुनको मुल्य बढेको छ | हिजोको तुलनामा आज रु ५०० ले बढेर प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य पनि बढेको छ | चाँदीको मूल्य प्रतितोला ९ सय रुपैंया कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!