आज सुनको मूल्य कति छ ?

Posted on: 28 Jan, 2020

माघ १४, काठमाडौँ | लगातार उकालो लाग्दै आएको सुनको मुल्य मंगलबार स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ | 

त्यस्तै आज चाँदीको मुल्य भने घटेको छ | हिजोको तुलनामा रु ५ ले घटेर चाँदीको मूल्य प्रतितोला ८ सय ९५ रुपैंया कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!