आजदेखि कृषि विकास बैंकको डिबेञ्चरमा आवेदन दिन सकिने

Posted on: 28 Jan, 2020

माघ २४, काठमाडौं | आज देखि कृषि विकास बैंकले सर्वाधिक प्रतिफल दिने डिबेञ्चर निष्काशन गरेको छ | हालसम्मकै सर्वाधिक १०।३५ प्रतिशत प्रतिफल सुनिश्चित गरी  बैंकले निकाष्शन गरेको डिबेञ्चको अवधि ७ वर्ष रहने छ |

 ‘१०.३५ प्रतिशत एडिबिएल कृषि बैंक ऋणपत्र २०८३’ नामको डिबेञ्चरको मूल्य प्रति कित्ता १ हजार रुपैयाँ छ भने न्युनतम २५ कित्ता खरिद गर्नुपर्नेछ । डिबेञ्चर छिटोमा माघ १७ गते र ढिलोमा फागुन १४ गतेसम्म बिक्री गरिनेछ । 

बैंकले एक हजार दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निष्काशन गरेको छ । जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि हुनेछ भने बाँकी १५ लाख कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । बैंकले ऋण पत्रको निष्काशनका लागि एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!