आज सुनको मूल्य कति छ ?

Posted on: 17 Feb, 2020

फागुन ५, काठमाडौँ | आज सुनको मुल्य स्थिर रहेको छ | सोमबार प्रतितोला छापावाल सुनको मुल्य ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आइतबार तोलामा रु ५ सयले बढेको थियो | 

त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ | आइतबारको तुलनामा रु ५ ले बढेर  ८सय ९० कायम भएको हो | माघ महिनामा घटबढ हुँदै आएको सुनको भाउ  माघ १९ र २० गते तोलाको साढे ७६ हजार रुपैयाँ सुनको भाउ पुगेको थियो | 

फेरी फागुनको महिना पनि उकालो लागेर उक्त मुल्य भेटाएको छ | लगातार बढ्दै गएको सुनको मुल्य आज भने स्थिर रहेको छ | अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मुल्य बढ्दै गएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!