सुनको मूल्य बढेर अहिले सम्मकै महँगो, कति पुग्यो ?

Posted on: 19 Feb, 2020

फागुन ७, काठमाडौं | सुनको मुल्य बढेर नयाँ रेकर्ड राखेको छ | जुन हाल सम्मकै उच्च हो | नेपाली बजारमा अत्याधिक रुपमा सुनको मुल्य प्रत्यक दिन बढिरहेको छ | मङ्गलबार तोलाको ७६ हजार सात सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ | चीनमा फैलिरहेको कोरोना भाइरसका कारण विश्व बजारमा सुनको मुल्य बढेको छ | यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको  महासंघले बताएको छ |

आज चाँदीको मुल्य पनि बढेको छ | मंगलबारको तुलनामा रु १५ ले बढेर प्रतितोला ९ सय ५ पुगेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!