सुनको मूल्य अहिले सम्मकै महंगो, प्रतितोला ७८ हजार बढी

Posted on: 21 Feb, 2020

फागुन ९, काठमाडौं | आज शुक्रबार सुनको मुल्य बढेर नया रेकर्ड बनाएको छ | बुधबारको तुलनामा रु ५ सयले बढेर छापावाल सुनको मूल्यप्रतितोला ७८ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै तेजावी सुनको मूल्यप्रतितोला ७७ हजार ८ सय कायम भएको छ | शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ | महासंघका अनुसार प्रतितोला रु ९ सय १५ मा कारोबार भइरहेको छ | लगातार सुनको मुल्य उकालो लागिरहेको छ | मङ्गलबार तोलाको ७६ हजार ७ सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको थियो | बिहिबार पनि  सोहि मुल्यमा ५ सय बढेर ७७ हजार ६ सय कायम भएको उक्त मूल्यलाई तोड्दै आज नयाँ कायम भएको हो |

यो साता लगातार बढिरहेको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीहरुको भनाई छ | चिनको को हुवानबाट फैलिएको कोरोना भाइरसको प्रभावले सुनको भाउ बढिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!