सुनको मूल्य बढेर अहिले सम्मकै महँगो,कति पुग्यो प्रति तोला ?

Posted on: 24 Feb, 2020

फागुन १२, काठमाडौं | सुनको मुल्य अहिले सम्मकै महंगो भएको छ | आज सोमबार प्रतितोला ८० हजार ३ सय कायम भएर हाल सम्मकै किर्तिमान राखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | फागुन पहिलो सातादेखि लगातार उकालो लाग्दै आएको सुनको भाउ अझैँ रोकिएको छैन |

आज तेजावी सुनको मूल्य ८० हजार कायम भएको छ | आज चाँदीको मूल्य पनि बढेको छ | आइतबारको तुलनामा रु ५ ले बढेर ९२५ रुपैयाँमा कारोबार भइरहेको छ | आइतबारको तुलनामा सुनको मुल्य प्रतितोला रु १५ सयले बढेको छ |

लगातार सुनको मूल्य बढेसंगै सुन बिक्रि हुन् छोडेको व्यवसायीहरु बताउछन् | चिनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण सुनको मुल्य दिनप्रतिदिन बढिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!