अमेरिकी दूतावासको कर्मचारी भन्दै लाखौं ठगी गर्ने पक्राउ

Posted on: 28 Feb, 2020

फागुन १६, काठमाडौं | नेपालस्थित अमेरिकी दुतावासको ‘एक्जुकेटिभ म्यानेजर’ भन्दै लाखौं  ठगी गर्ने एकजना पक्राउ परेका छन् | 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ का ४१ वर्षीय विकास भनिने केदार खड्का रहेका छन् | 

आफू दूतावासको कर्मचारी भएको दाबि गर्ने खड्कालाई बिहीबार दिउँसो पक्राउ गरिएको हो | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!