२५ लाखको निशुल्क बिमा गरिदिने सरकारको घोषणा

Posted on: 29 Mar, 2020

चैत १६, काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाममा खटिने जनशक्तिलाई आधार गरेर विशेष कार्यक्रम घोषणा गरेको छ ।

आइत्बात बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसका बिरामीको उपचारका लागि खटिने स्वास्थ्यकर्मी लगायत त्यस क्षेत्रमा रहने सुरक्षा र सफा गर्नेका लागि समेत २०७७ असार मसान्तसम्मका लागि प्रतिव्यक्ति २५ लाख रुपैयाँको जीवन बीमा निशुल्क गरिदिने निर्णय गरेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!