इसेवामाथिको प्रहार न्योचित छैन

Posted on: 03 Apr, 2020

चैत २१, काठमाडौँ | भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले समाचार पोर्टलको समाचार हटाइएको विषयमा आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै नियोजित रुपमा भइरहेको प्रहार कुनै किसिमले न्यायोचित नरहेको बताएको छ । कम्पनीले आज विज्ञप्ति निकालेर विगत केही दिनदेखि एउटा समाचार पोर्टलको समाचार हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध खेद प्रकट गर्दै समाचार हटाइएको भनिएको अनलाइनपोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारेको हो ।

विगत ११ वर्षदेखि नेपालमा विद्युतीय भुक्तानीको जग बसालेको इसेवाले शुरुआती दिनदेखि नै विभिन्न बाधाव्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा आइपुगेको स्मरण गराउँदै इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी भएको बताएको छ । ‘इसेवाको संरचना, प्रविधि तथा सेवाहरु राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको आमग्राहकलाई जानकारी गराउछौँ । इसेवाले ग्राहकलाई भुक्तानी सेवादिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्नअत्यन्त संवेदनशील र प्रतिबद्ध छौँ’, विज्ञप्तिमा भनिएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि ग्राहकलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारी ‘वर्क फ्रम होम’अन्तर्गत २४ सैँ घण्टा सेवामा कटिबद्ध रहेको र अहिलेको परिस्थितिमा नगदरहित भुक्तानीलगायतका सेवा अझ प्रभावकारी बनाउन लागि परेको कम्पनीले उल्लेख गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!