७५ हजारलाई निशुल्क सीपमुलक तालिम, ५० हजार जनालाई रोजगारी

Posted on: 28 May, 2020

जेठ १५, काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा रहेकालाई स्वदेश फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । हाल कोरोना महामारीका कारण रोजगारी गुमाएर बसेकाहरुलाई स्वदेश ल्याउन आगामी वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदमा पस्तुत गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि  ११ अर्व ६० करोड रकम विनियोजन गरेको बताए । 

सरकारले यो कार्यक्रमबाट २ लाखलाई रोजगारी दिने लक्ष्य रहेको उनले बताए । 

श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्था गरिने उनले बताए । आगामी वर्ष साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने उनले बताए । आगामी वर्ष ७५ हजार जनालाई सीपमुलक तालिम दिन ४ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको उनले बताए ।  

सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन गरेको उनले जानकारी दिए । कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा  परिचालन गरिनेछ । २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पूँजी दिने उनले बताए  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!