मासिक १० युनिटसम्मको विजुली नि:शुल्क दिने अर्थमन्त्री खतिवडाको घोषणा

Posted on: 28 May, 2020

जेठ १५, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ मा माग कम भएको समयमा विद्युतमा ५० प्रतिशत विद्युतमा छुट दिने बताएका छन् । उनले मासिक १० युनिटलाई निःशुल्क र ५० यूनिटलाई १० छुट दिने बताए ।

सरकारले मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई नि:शुल्क विद्युत् उपलब्ध गराउने भएको छ । मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने घरायसी साना विद्युत उपभोक्तालाई निस्शुल्क, १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई १५ प्रतिशत विद्युत् महसूल छूट दिने व्यवस्था बजेट मार्फत सरकारले गरेको छ ।

साथै सरकारले उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युतको डिमानन्ड शुल्क छूट र कम खपत हुने समयमा ५० प्रतिशत छूट उपलब्ध गराउने घोषणा गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!