बजेटको आकार घट्यो, आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट

Posted on: 28 May, 2020

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा कम आकारको बजेट ल्याएको छ । संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको भन्दापनि कम आकारको बजेट ल्याएका छन् ।


आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटको आकार थियो । जसमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड पुँजीगत ३ खर्ब ५२ करोड, वित्तीय व्यवस्था १ खर्ब ७२ अर्ब बिनियोजन भएको छ । जसमा राजस्व वापत ८ खर्ब ८९ अर्ब र वैदेशिक ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २२५ अर्ब उठाउने लक्ष्य राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!