सुनको मूल्य तोलामा १०४०० रुपैयाँले बढ्यो, आजको मुल्य कति ?

Posted on: 07 Jun, 2020

जेठ २५, काठमाडौं । सुनको मूल्य तोलाको ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।  आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ । लकडाउनकै बीचमा एक दिन खुल्दा सुनको मूल्य ९ हजार रुपैयाँ बढेर तोलाको ८६ हजार ८० रुपैयाँ पुगेको थियो । त्यसपछि आज खुलेको बजारमा सुनको मूल्य तोलामा १३ सय २० रुपैयाँले बढेको छ।

सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो। आजको मूल्यसँग तुलना गर्दा तोलामा १० हजार चार सय रुपैयाँले बढेको छ। आज लकडाउनको ७६औं दिन हो। नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबार चाँदीको मूल्य ९२५ रुपैयाँ तोकेको छ। 

सरकारले भन्सार दर बढाएयता पहिलोपटक आइतबारदेखि सुनचाँदी बजार खुलेको हो । जेठ १५ मा आएको बजेटले सुनमा भन्सार दर बढाएको थियो । सरकारले प्रति १० ग्राम दुई हजार रुपैयाँ (तोलाको २३३२ रुपैयाँ) ले सुनको भन्सार बढाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!