सुनको भाउ अहिलेसम्मकै उच्च, एक तोलाको ९१ हजार रुपैयाँ पुग्यो

Posted on: 22 Jun, 2020

असार ८, काठमाडौं। सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । सोमबार सुन तोलाको ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको भन्दा सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेको हो । आइतबार मात्र ८ सय रुपैयाँले वृद्धि भएर ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। अझै पनि सुनको भाउ बढ्ने क्रम नरोकिने अनुमान गरिएको छ ।

चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको ९ सय ५० पुगेको महासंघले जनाएको छ ।


 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!