त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १४ अन्तर्राष्ट्रिय उडान (सूची सहित)

Posted on: 23 Jun, 2020

असार ९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । जुन लकडाउन यताकै सबैभन्दा बढी उडान हो । आज गरिएका उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । 

आज उडान भएका सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । यसअघि सोमबार अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा गत आइतबार १६ र शनिबार १५ उडान भएको थियो । 

आज  नेपाल एयरलाइन्स मार्फत अष्ट्रेलियाको सिड्नीबाट २५८ जना, माल्दिभ्सबाट १४३ जना र थाइल्याण्डको बैंककबाट ७८ नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले कतारको दोहाबाट १४४ र अबुधाबीबाट ५ नेपाली काठमाडौँ ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जजिरा एयरले कुवेतबाट १६० यात्रु ल्याएको छ । यसरी आज मात्र कुल ७८३ जना स्वदेश फर्किएका छन् ।

यसैबीच बुधबार पनि अन्तर्राष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका सार्वजनिक भएको छ । हिमालयन एएरलाइन्स, नेपाल  एएरलाइन्स र टर्किस एएरलाइन्सका उडानहरु तय भएका छन् । भोली दोहा, दमाम, अबुधावी जेधाह, कुवेत इस्तानबुल, जेधाह र जापानको नारितामा चार्टर्ड उडान हुनेछन् । हिमालयले दमाम, कुबेत र अबुधाबीबाट समान सङ्ख्या १५४ यात्रु ल्याउनेछ भने टर्किस एयरलाइन्सले इस्तानबुलबाट दुई उडानमा २८० का दरले यात्रु ल्याउने विमानस्थलले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!