सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?

Posted on: 28 Jun, 2020

असार १४, काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्च तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ७०० रुपैयाँले बढेर तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको हो।

यसअघि असार ११ गते सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको थियो । 

यसैगरी आइतबार तेजावी सुन ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ । 

  चाँदी शुक्रबार तोलामा ९४५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!