महामारीकै बीच टुटल–पठाओको सेवा सुरु

Posted on: 02 Jul, 2020

असार १८, काठमाडौँ | कोरोना महामारीकै बन्द भएका टुटल र पठाओले आफ्नो सेवा सुरु गरेका छन् । सामाजिक दुरीलाई कायम राख्नुपर्ने र मोटरसाइकलमा एक जना चालक मात्र हिड्न पाउने अवस्थामा टुटल र पठाओले आफ्नो सेवा सुरु गरेका हुन् । 

टुटल र पठाओले भने स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सेवा सुरू गरिएको दावी गरेका छन् । सार्वजनिक सवारी साधन नचलेको अवस्थामा यात्रुहरुलाई सेवा दिन भन्दै सेवा खुलाइएको बताइएको छ । साथै दुवै कम्पनीले महामारीको अवधिभर राइडरसँग कुनै पनि कमिसन नलिई सेवा दिने टुटल र पठाओले जनाएका छन् । 

सुरक्षा सतर्कतालाई ध्यान दिदै चालकलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गराएर सेवा दिने बताइएको छ ।

सेवा दिने चालकले मात्र नभई सेवा लिनेले पनि अनिवार्य मास्क लगाउनुपर्ने मापदण्ड बनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!