कुवेतबाट काठमाडौं आएको विमानमा चरा ठोक्किएपछि ग्राउन्डेड, निर्माणमा ४–५ दिन लाग्ने

Posted on: 03 Jul, 2020

असार १९, काठमाडौँ | कुवेतबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ ।

जहाजमा बिहीबार बिहान ८:३० बजे अवतरणका क्रममा चरा ठोक्किएको थियो । त्यसक्रममा जहाजको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ । यसको मर्मत गरी पुनः उडानयोग्य बनाउन अझै ४–५ दिन लाग्ने नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।

उक्त जहाज ग्राउन्डेड भए पनि अहिले निर्धारित उडान भने प्रभावित नहुने ती अधिकारीको भनाइ छ ।

नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानमा कुल ४ वटा जहाज छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!