सेयर बजारमा तेस्रो सर्किट, नेप्से सूचक ८४.२६ अंकले बढ्यो, आजका लागि बजार बन्द

Posted on: 19 Jul, 2020

साउन ४, काठमाडौं । सेयर कारोबार आइतबारका लागि बन्द भएको छ । नेप्से ६ प्रतिशतले बढेपछि तेस्रो सकारात्मक सर्किट ब्रेकर लागेर आजका लागि कारोबार बन्द भएको हो ।

दोस्रो सर्किट लागेर खुलेको १ मिनेटभित्रै फेरि ६ प्रतिशतले बजार बढेपछि दिनभरका लागि कारोबार रोकिएको हो । नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ बिन्दुमा पुगेर रोकिएको छ ।

कारोबारमा प्राय सबै समूहको उपसूचकमा हरियाली छाएको छ । यो दिन १११ कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता सेयर ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको सेयर किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १७.३९ अंकले बढेर ३१२.४४ बिन्दुमा रोकिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ८८.८७, विकास बैंक ६३.१३, जलविद्युत ३६.१३, निर्जीबन बीमा कम्पनी २०२.४, उत्पादन तथा प्रशोधन १४१.७८, अन्य ४९.३९, माइक्रोफाइनान्स ९२.३९, जीवन बीमा समूहको ५४८.६६ अंकले बढेको छ ।

आइतबारको कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ । यसअघि आइतबार नै बजार खुलेको ६ मिनेटमा पहिलो सर्किट र २७ मिनेटमा दोस्रो सकारात्मक सर्किट लागेको थियो । मौद्रिक नीतिमा सेयर बजारमा  लागि सकारात्मक पहल गरिएपछि लगानीकर्ता उत्साहित भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!