यातायात व्यवसायीहरु भोलीदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार

Posted on: 19 Jul, 2020

साउन ४, काठमाडौँ | यातायात व्यवसायीहरुले सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् ।  सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपनि विभिन्न माग राख्दै यातायात व्यवसायीहरु यातायात सञ्चालन गर्न मानेका थिएनन् ।

आज यातायात व्यवस्था विभागमा भएको छलफलपछि व्यवसायीहरुले सोमबार विहानदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका छन् । यातायात व्यवसायीहरुको माग राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति मार्फत समेटिएको भन्दै व्यवसायीहरुले यातायात संचालनको लागि तयार भएका हुन् । 

यातायात व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् । हाललाई सरकारले यसअघिनै गरेको निर्णय अनुसार एक जिल्लाबाट अको जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न पाइन्छ । उपत्याकाको हकमा भने तीन जिल्ला जहाँ पनि यातायात संचालन गर्न पाइनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!