सेयर बजारमा दोस्रो सर्किट, कारोबार ४० मिनेट बन्द

Posted on: 20 Jul, 2020

साउन ५, काठमाडौं । सेयर बजारमा पुनः दोस्रो सर्किट लागेको छ । बजार खुलेको २५ मिनेटमा ५ प्रतिशतले बढेर ४० मिनेटको लागि बजार बन्द भएको छ ।

सेयर कारोबार खुले लगत्तै नेप्से परिसूचक ७४.०२ अंकले बढेर परिसूचक १५५३.०५ बिन्दुमा पुगेको छ ।

पहिलो सर्किट लागेर २० मिनेट बन्द भएपछि बजार खुलेको केही मिनेटमा नै दोस्रो सर्किट लागेको हो । सोमबार शेयर कारोबार सुरु भएको ५३ सेकेण्ड मै पहिलो सकारात्मक सर्किट लागेको छ  । शेयर कारोबार मापन सूचक नेप्से प्रि ओपन कारोबार मै ३.६१ प्रतिशतले बढेको थियो । यो सँगै शेयर कारोबार २० मिनेटको लागि बन्द भएको थियो । यस अघि आइतबार पनि बजारमा ३ पटक सर्किट लागेपछि समय अगावै कारोबार बन्द भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!