पृथ्वी राजमार्गको पुल भत्कियो, राजमार्ग अवरुद्ध

Posted on: 20 Jul, 2020

साउन ५, काठमाडौं । अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याउँदा यातायात आवतजावत नै बन्द भएको इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले साझा सबाललाई जानकारी दिए । बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको उनले बताए । 


अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको धादिंङ्ग प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको छ ।

तस्बिर : सामाजिक संजाल 


यस बिषयमा तपाइको प्रतिक्रिया...!