सोमबारको विदेशी विनिमयदर कति छ ? हेर्नुहोस्

Posted on: 03 Aug, 2020

साउन १९, काठमाडौं। सोमबार डलरको भाउ  स्थिर रहेको  छ । नेपाल राष्ट्र बैंकले सोमबार (साउन १९) मा जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर १२० रुपैयाँ रहेको छ । 

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ६१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ २१ पैसा र बिक्रीदर १५७ रुपैयाँ रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७  पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६२ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!