सुनको मूल्य घट्यो, चाँदीको मूल्य हालसम्मकै उच्च

Posted on: 09 Aug, 2020

साउन २५, काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य घटेको छ  । केहि दिनदेखि लगातार बढेको सुनको भाउ आइतबार भने तोलामा ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको छ । अन्तर्राष्टिय बजारमा आज १८ डलरले भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेर अस्ति शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो भएको थियो । यस्तै आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!