विहिबारको विदेशी विनिमयदर कति छ ? हेर्नुहोस्

Posted on: 13 Aug, 2020

साउन २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विहिबार (साउन २९) मा जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५३पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ।  कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८  पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ १९ पैसा र बिक्रीदर ३९२ रुपैयाँ १५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १६ रुपैयाँ८१ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ४० पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः


यस बिषयमा तपाइको प्रतिक्रिया...!