ग्लोबल आइएमईको नाफा ३ अर्ब ८ करोड

Posted on: 14 Aug, 2020

साउन ३०, काठमाडौँ । ग्लोबल आइएमई बैंकले गत वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड नाफा कमाएको छ। जनता बैंकलाई गाभेको उक्त बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रहेको छ।  बैंकले अघिल्लो आव २०७५/७६ मा २ अर्ब ७६ करोड नाफा कमाएको थियो। बैंकको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ११.८१ प्रतिशत बढी हो। 

जनता बैंक गाभेपछि बैंकले चुक्ता पुँजी ८४ प्रतिशतले बढेर १८ अर्ब ९७ करोड पुगेको छ। गत आव २०७५/०७६ मा चुक्ता पुँजी १० अर्ब ३१ करोड थियो। यस्तै बैंकको जगेडा कोषमा २९ अर्ब १ करोड संचित छ। यो अघिल्लो वर्षको तुलनामा ७७.६७ प्रतिशतले बढी हो । 

बैंकले गत वर्ष २ खर्ब १२ अर्ब ३१ करोड निक्षेप संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ७६.८० प्रतिशत वृद्धि हो। यस्तै बैंकले गत आवसम्म १ खर्ब ८९ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको छ। कर्जा प्रवाह अघिल्लो वर्षको तुलनामा ७३.८० प्रतिशतले बढी हो। 

यसैगरी बैंकले ८ अर्ब १९ करोड खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ५६.२७ प्रतिशतले बढी हो। यस्तै संचालन नाफा ४ अर्ब ४० करोड आम्दानी गरेको  छ। यो अघिल्लो वर्षको तुलनामा १२.७६ प्रतिशतले बढी हो। 

यस्तै निष्क्रिय कर्जा १.८० प्रतिशत पुगेको छ। यो अघिल्लो वर्षभन्दा दोब्बरले बढी हो। अघिल्लो वर्ष निष्क्रिय कर्जा ०.५५ प्रतिशत मात्र थियो। 

बैंकको प्रतिसेयर आम्दानी १६.२७ रुपैयाँ छ। यस्तै प्रतिसेयर नेटवर्थ १५२ रूपैयाँ ९२ पैसा पुगेको छ।    


यस बिषयमा तपाइको प्रतिक्रिया...!