एलएलबी दोश्रो वर्षको परीक्षाको रिजल्ट चैत्र दोश्रो साता आउने

Posted on: 17 Mar, 2019

चैत्र ३,काठमाडौं । एलएलबी दोश्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशनमा अझै २ साता लाग्ने भएको छ। दोश्रो वर्षको मुटकोर्ट विषयको मुल्यांकन गर्न बाँकि रहेकोले रिजल्ट प्रकाशन चैत्र १०/१२ पछि मात्र हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले साझा सबाललाई जानकारी दिए ।

रिजल्ट प्रकाशन छिटो हुनुपर्यो भन्दै बिद्यार्थीबाट माग आएको छ, जोशीले भने "यस विषयमा सम्बन्धित सबैसंग छलफल भएको छ, २ गाडी मुटकोर्ट मुल्यांकन गर्न बाँकि छ, त्यो परीक्षण सकिने वित्तिकै रिजल्ट प्रकाशन गर्छौं ।" तत्काल रिजल्ट प्रकाशन नहुने भएपछि एलएलबी प्रथम र तेश्रो वर्ष पास भएर दोश्रो वर्षको रिजल्ट पर्खिएका सयौं विधार्थीहरु नेपाल कानून व्यवसायी परिषदले लिने २६ औं अधिवक्ता तहको परीक्षामा सहभागी हुन नपाउने भएका छन् । २६ औं अधिवक्ता तहको परीक्षाको लागि दोब्बर दस्तुरमा फर्म भर्ने अन्तिम मिति चैत्र पहिलो साता रहेको छ। चैत्रको पहिले सातासम्म रिजल्ट आउने सम्भावना नभएपछि पास हुने बिद्यार्थीहरुले अधिवक्ता परीक्षाका लागि १ वर्ष कुर्नुपर्नेछ।  

छिटो रिजल्ट प्रकाशन गर्नका लागि विभिन्न विधार्थी संगठनले परीक्षा नियन्त्रण कार्यालय, कानुन संकायका डिन, नेपाल ल क्याम्पस प्रमुख लगायतको ध्यानाकर्षण गराइसकेका  छन् साथै यस विषयमा हेलो सरकारमा समेत गुनासो दर्ता भैसकेको छ ।  तर नेपाल कानून व्यवसायी परिषदका सचिव रामहरी शर्मा काफ्लेले हालसम्म विधार्थीहरुबाट परीक्षाबारे कुनै गुनासो नआएको बताए । अहिलेसम्म कहिँ कतैबाट गुनासो आएको छैन, आएमा पनि परीक्षा समितिले निर्णय गर्नुपर्छ, उनले भने "गुनासो आएमा परीक्षा समितिमा पेश गर्छु, परीक्षाको म्यादबारे समितिले नै निर्णय गर्छ।" 

यस बिषयमा तपाइको प्रतिक्रिया...!