राष्ट्रिय शिक्षा नीति सार्वजनिक, शिक्षा आयोगले दिएका सुझाव नै समेटिएनन्

Posted on: 11 Dec, 2019

मंसिर २५, काठमाडौं |  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी ८० पृष्ठको राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेका छन् | 

तर उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयलगायतका सन्दर्भमा दिएका महत्वपूर्ण सुझावहरु भने समावेश गरिएको छैन | शिक्षा मन्त्रीकै नेतृत्वमा बसेको आयोगले निजी विद्यालयहरुलाई गुठी अन्तर्गत ल्याउने र सेवामूलक बनाउन सुझाव दिएको थियो | 

तर उक्त नीतिमा निजि विद्यालयलाई नियमन गर्ने भन्ने मात्रै उल्लेख गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!