अब पुरुषले पनि नर्सिङ अध्ययनमा १० प्रतिशत आरक्षण पाउने

Posted on: 09 Jan, 2020

पुस २४, काठमाडौँ | अब देखि पुरुषले पनि नर्सिङ अध्ययनका लागि यो बर्ष देखिने १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन् | बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति कर्मचारीको छलफलका क्रममा बोल्दै स्वास्थ्यसचिव खगराज बरालले उक्त जानकारी दिएका हुन् |

नर्सिङ भर्नासम्बन्धी विज्ञापन गर्दा अब १० प्रतिशत पुरुषका लागि आरक्ष कोटा छुट्टयाउने सचिव बरालले बताए | पुरुष भर्ना नभ स्वत महिलाले भर्ना हुन् पाउने व्यवस्था गरिने भएको छ | त्यस्तै आगामी वर्षदेखि अनमी, अहेव लगायतको अध्ययन पनि खारेज हुनेछ |

हाल सरकारी सेवामा ७८ जना पुरुष नर्स रहेका छन् | अब एसईईपछि ३ वर्षे कोर्ष हेल्थ असिष्टेन्टको पढाई सुरु हुने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!