त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा मंसिर तेस्रो सातामा

Posted on: 11 Oct, 2020

असोज २५, काठमाडौं |  त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि हुने भएको छ।

विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि सञ्चालन हुने जनाएको हो। 

असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । उक्त निर्णयकै आधारमा त्रिविले परीक्षा तयारी सुरु गरेको जनाएको छ ।

परीक्षा तालिकासम्बन्धी विवरण पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!