शिक्षा | काठमाडौँ - KTM


चार सय विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

Posted on August 20, 2022 | views : 1194 | काठमाडौँ - KTM

भदौ ४, बारा | प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा

Read More

स्नातक तहमा आईटी पढ्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अवसर, यसरी दिनुहोस् आवेदन

Posted on August 11, 2022 | views : 715 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरशिप– २०७९’ का लागि आवेदन खुला गरेको छ । काठमाडौंस्थित मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँग सहकार्य गरी महासंघले छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो । यस कार्यक्रममार्फत ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा

Read More

विद्यालयमा डीआई राख्न बन्द नगरे कारबाही

Posted on August 03, 2022 | views : 1110 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ। प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्या

Read More

एसईईको नतिजा सार्वजनिक, ९६३३ जनाले ल्याए उच्च जीपीए

Posted on July 27, 2022 | views : 4843 | काठमाडौँ - KTM

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षापरीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।  बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।  गत ९ वैशाखदेखि सुरु भएको परीक्षा

Read More

एसईई नतिजा साउन दोस्रो हप्तामा सार्वजनिक हुने

Posted on July 20, 2022 | views : 1002 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार मसान्तभित्र, साउन पहिलो हप्ता हुँदै अब साउन दोस्रोहप्तामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको

Read More

चिकित्सा शिक्षा शुल्कमा ३.६ %ले बृद्धीः डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख

Posted on July 16, 2022 | views : 960 | काठमाडौँ - KTM

असार ३२, काठमाडौं | चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८÷७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ । गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३.६ प्रतिशतले बृद्धी गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए ।  उपत्य

Read More

जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

Posted on July 08, 2022 | views : 733 | काठमाडौँ - KTM

असार २४, काठमाडौं | नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग राखेर प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।  विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प

Read More

शिक्षा बाँड्दाबाँड्दै अस्ताएकी शोभा प्रधान

Posted on June 23, 2022 | views : 888 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ  | नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार निधन भयो । शिक्षण पेसामा आवद्ध रहेकी उनी २० वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । आफू प्राणघातक रोगबाट पीडित भए पनि शिक्षा क्षेत्रमा योगदान गर्न भने कहिल्यै आनाकानी र इन्कार गरिनन् ।

Read More

मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन : शिक्षामन्त्री पौडेल

Posted on June 20, 2022 | views : 780 | काठमाडौँ - KTM

असार ६, काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन् ।  सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । ‘मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हु

Read More

इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने

Posted on June 17, 2022 | views : 893 | काठमाडौँ - KTM

असार ३, काठमाडौं | इन्जिनियर बन्नका लागि लाइसेन्स परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ । डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरुले पनि लाइसेन्स परीक्षा उत्तिर्ण गरेपछि बल्ल सरकारबाट इन्जिनियरको दर्जा पाउने छन् । त्यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिने छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन

Read More

अनाधिकृत पुस्तक वितरण गर्नेलाई कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

Posted on June 14, 2022 | views : 722 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौं | शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अनाधिकृत रुपमा विद्यार्थीलाई पुस्तक वितरण गर्नेमाथि कारबाही गरिने बताएका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले स्वीकृति नदिएका पाठ्यपुस्ततक वितरण गर्नेलाई अविलम्ब कारबाह

Read More

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ?

Posted on June 09, 2022 | views : 1035 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् ।  पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गरा

Read More

शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट

Posted on May 29, 2022 | views : 863 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् ।  शिक्षा तर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३२ करोड रूपैयाँ अनुदान दिने भएको छ । त्यस्तै स्

Read More

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

Posted on May 26, 2022 | views : 889 | काठमाडौँ - KTM

जेठ १२, मुगु | शैक्षिक सत्र सुरु भइसक्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन । यहाँका एक सय ४० सामुदायिक तथा निजी विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थी पाठ्यपुस्तकविनै खाली हात माथिल्लो कक्षा उक्लेका छन् ।  महाकाली नमुना माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा सोनी शाहीले स

Read More

१२ कक्षाको परीक्षा समय परिवर्तन, बिहान ८ बजेदेखि हुने

Posted on May 26, 2022 | views : 858 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौं | जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो । विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा

Read More

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय त्रिविले नमान्ने (विज्ञप्तिसहित)

Posted on May 15, 2022 | views : 892 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ | सरकारले आजबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आईतबार) पनि बिदा दिने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भने पहिलेकै अवस्थामा कामकारबाही गर्ने भएको छ । सरकारले परीक्षणको रुपमा आजबाट हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि त्रिविले भने पूर्व निर्धारित परीक्षाहरु

Read More

नेपाल मेडिकल कलेजले विद्यार्थीबाट मागियो अतिरिक्त शुल्क, नदिए परीक्षामा सामेल नगराउने धम्की

Posted on May 04, 2022 | views : 1266 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौं | काठमाडौंस्थित नेपाल मेडिकल कलेजले एमबीबीएस प्रथम सेमेस्टरका विद्यार्थीबाट पुनः गैरकानुनी शुल्क माग गरेको छ। शुक्रबारदेखि तोकिएको परीक्षामा सामेल हुन सय जना विद्यार्थीबाट २५ हजार रुपैँया अतिरिक्त शुल्क माग गरेको हो। परीक्षाको दुई दिनअघि मात्र यस्तो शुल्क माग गर्दा विद्यार्थीहरु त

Read More

एसईईका प्रश्नपत्रमा त्रुटि

Posted on May 01, 2022 | views : 1152 | काठमाडौँ - KTM

वैशाख १८, काठमाडाैं | माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्रमा त्रुटि भेटिएपछि विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । त्रुटिले विद्यार्थीको मनोबल गिराउने र उनीहरू मारमा पर्ने कास्कीका विज्ञान विषयका शिक्षक पुष्प पौडेलले उल्लेख गरेका छन् । त्यस्तो प्रश्नपत्र बनाउनेलाई कारबाहीसहित ‘पीडित’ वि

Read More

त्रिभुवन विश्वविद्यालयले दियो एक महिने बिदा

Posted on April 28, 2022 | views : 1004 | काठमाडौँ - KTM

वैशाख १५, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म १ महिना विदा दिने निर्णय गरेको छ । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ ।   त्रिविले एक सूचना प्रकाशन गरेर  बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू

Read More

सिरहाबाट एसईई परीक्षामा सहभागी ८० विद्यार्थी निष्कासित

Posted on April 24, 2022 | views : 1449 | काठमाडौँ - KTM

वैशाख ११, सिरहा | सिरहामा एसईई परीक्षाको दोस्रो दिन ८० विद्यार्थीलाई अमर्यादित कार्य गरेको आरोपमा निष्कासन गरिएको छ । गणित विषयको परीक्षाका क्रममा चिट, मोबाइल प्रयोग गरेका उनीहरुलाई निस्कासन गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए । उनीहरुलाई एक दिनका लागिमात्र निष्कासन गरिएको उनले

Read More

कक्षा १२ को परीक्षा समय परिवर्तन

Posted on April 24, 2022 | views : 1037 | काठमाडौँ - KTM

वैशाख ११, काठमाडौँ । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ। जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ। यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनि

Read More

आजबाट एसईई परीक्षा, ५ लाख १४ हजार परीक्षार्थी

Posted on April 22, 2022 | views : 755 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ ।  पहिलाे दिन आज अनिर्वाय अंग्रेजी विषयकाे परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हज

Read More

भोलिदेखि एसइई परीक्षा, सबै तयारी पूरा

Posted on April 21, 2022 | views : 962 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ | शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सा

Read More

नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम

Posted on April 11, 2022 | views : 824 | काठमाडौँ - KTM

चैत्र २८, काठमाडौं | नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँंगुनारायण भक्तपुरमा स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन आएका विद्यार्थीको लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । कलेजमा इन्जिनियरिङका विभिन्न विधामा पहिलो सेमेष्टरमा भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठलगाय

Read More

शिक्षक तथा विद्यार्थीले बनाए बाटो छेके छलेर हिड्ने रोबोट

Posted on April 09, 2022 | views : 666 | काठमाडौँ - KTM

चैत्र २६, काठमाडौं | नेपाल इन्जिनियरिङ कलेज (नेक)का शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन् । यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)ले लगानी गरेको हो । रोबोट बनाउन शिक्षकबाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप

Read More

सरकारले कोरोनाका कारण विदेश जान नपाएका विद्यार्थीसँग निवेदन माग्यो

Posted on April 04, 2022 | views : 1180 | काठमाडौँ - KTM

चैत्र २१, काठमाडौं | सरकारले कोरोना महामारीले विदेश जान नपाएका विद्यार्थीहरूलाई निवेदन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूलाई २५ चैतभित्र निवेदन दिन आग्रह गरेको हो ।   मन्त्रालयले सूचना जार

Read More

१७ हजारभन्दा बढी स्थायी शिक्षकका लागि परीक्षा सुरु

Posted on March 29, 2022 | views : 708 | काठमाडौँ - KTM

चैत १५, काठमाडौं । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो ।  आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ । त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प

Read More

उच्च शिक्षा ऐन बनाउन गगन थापाको प्रस्ताव

Posted on March 23, 2022 | views : 696 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले उच्च शिक्षा ऐन बनाउनुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् । कीर्तिपुरमा बुधबार त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले उच्च शिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलता चिर्नुपर्ने बताएका छन् ।  उच्च शिक

Read More