कोरियन भाषा परीक्षामा उतिर्ण भएकालाई ‘स्किल टेष्ट’नलिइने, यसरि हुनेभयो छनौट

Posted on: 26 Jul, 2017


साउन ११, काठमाडौं । आठौं कोरियन भाषा परीक्षा उत्तीर्णको स्किल टेष्ट नलिइने भएको छ । 

उत्तीर्णको संख्या धेरै भएकाले स्किल टेष्ट नलिइने मानव संसाधन विकास (एचआरडी) कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ । 

यसअघिका वर्षमा भाषा परीक्षा पास गरेकाहरुको कोरियामा काम गर्नुपर्ने क्षेत्रका आधारमा सिप परीक्षण गरिन्थ्यो । स्किल टेष्टका आधारमा रोजगारदाताले कामदार छनौट गर्थे । स्किल टेष्ट नहुने भएपछि परीक्षामा बढि अंक प्राप्त गरेकालाई यो वर्ष प्राथमिकता दिइने बताइएको छ । 

मंगलबार सार्वजनिक गरिएको नतिजा अनुसार यो वर्षको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तिर्ण भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!