विभागको निर्देशन नमान्ने म्यानपावर कम्पनीको लिष्ट तयार हुँदै

Posted on: 24 Apr, 2018

बैशाख ६ काठमाडौँ। बैदेशिक रोजगार विभागले दिएको निर्देशन नमान्ने म्यानपावर कम्पनीलाई कारवाही गर्न म्यानपावर कम्पनीको लिष्ट तयार गर्ने जनाएको छ । म्यानपावर कम्पनीहरुले विज्ञापन प्रकाशन गर्दा विभागले दिने सूचनालाई कामदारले स्पष्ट रुपमा पढ्न सकिने गरि प्रकाशन नगरेपछि यस्तो लिष्ट तयार गर्न लागेको हो ।

विभागले  बैशाख ६ गते  बैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्थाले निकालेका पूर्व स्विकृति सम्बन्धि विज्ञापनहरु स्पष्ट पढ्न सकिने गरि प्रकाशन गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको थियो  ।  विभागले दिएको निर्देशनको म्यानपावर कम्पनीले पालाना नगरेपछि कारवाही गर्नको लागि अटेर गर्ने म्यानपावर कम्पनीको  लिष्ट तयार गर्ने तयारी गरिएको विभागका निर्देशक शशीकुमार लम्सालले जानकारी दिए । अब विभागले दिएको निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीले प्रकाशन गरेका विज्ञापनको लिष्ट संकलन गरि कारवाही प्रक्रिया शुरु हुन्छ उनले भने ''अटेर गर्ने म्यानपावरलाई विभागले यहि सूचनाका आधारमा कारवाहीको दायरामा ल्याउँछ।''

सूचना तथा डिमाण्डमा  उल्लेख गरिनुपर्ने  "बैदेशिक रोजगार विभागबाट गराइएको जानकारी" स्पष्ट रुपमा पढ्न नसक्ने गरि प्रकाशन नगरिएको पाइएको भन्दै अब उप्रान्त उक्त व्यहोरा  स्पष्ट रुपमा पढ्न सकिने गरि प्रकाशन गर्न इजाजत प्राप्त सस्थालाई विभागले निर्देशन दिएको थियो । तर  विभागले दिएको निर्देशन पछि पनि म्यानपावर कम्पनीले प्रकाशन गरेका विज्ञापन पहिलेकै तरिकाले प्रकाशन गर्दै आएका छन् ।   

कामदारले थाहा पाउनुपर्ने जानकारीलाई सूचना प्रकाशन गर्दा महत्व नदिएपछि इजाजत प्राप्त संस्थालाई  बैशाख ५ गतेको निर्णय अनुसार विभागले निर्देशन दिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!