होसियार! ठगहरुले सम्झौतापत्रमा धेरैजसो यी १० वटा कुरा गढबढ गर्छन्

Posted on: 27 May, 2018

जेठ १३, काठमाडौं । कामदार र रोजगारदाता बिच तलब, सुविधा, कामको अवधि आदिको बारेमा सहमति गरिएको कागजातलाई नै करार/सम्झौता पत्र भनिन्छ। यो पत्रमा रोजगारदाताले म्यानपावर कम्पनीको माध्यमबाट कामदारसम्म पठाऊछन् र कामदारले यसको सम्पूर्ण सर्तहरू अध्ययन गरी हस्ताक्षर गर्नुपर्छ। धेरै म्यानपावर कम्पनी र एजेन्टहरुले करार पत्रसँग सम्बन्धित यी १० मुख्य तरिकाबाट ठग्न सक्छन्:

  • नककली करार पत्र बनाएर सही गर्न लगाउने
  • सक्कली करार पत्रमा तपाईँको रोजगारदाताको अधिकारिक हस्ताक्षर सहित अन्य सम्पूर्ण विवरणहरू, जस्तै कम्पनी वा रोजगारदाताको नाम र ठेगाना, कामको विवरण, छुट्टी, अन्य सुविधाहरू, मासिक तलबको बारेमा लेखेको हुनुपर्छ
  • यताबाट जाँदा एक थरी करारपत्रको फोटोकपीमा सही गराएर लिएर जाने र उता पुग्दा सक्कली करार पत्र अर्कै हुने
  • तपाईँ रोजगारका लागि विदेश पुग्ने बित्तिकै करार पत्र जफत गरेर राख्ने
  • तपाईसँग करार पत्र छैन भने तलब, बिदा र अन्य सुविधा नदिईकन राख्न सक्छन्
  • तपाईँलाई करार पत्र नदिने र तपाईँले माग्दा करार पत्र चाहिंदैन, हामीले सबै कुरो मिलाईसक्यौं भन्ने
  • करार पत्र अङ्ग्रेजी भाषामा लेखिएको छ यो तिमीले बुझ्दैनौ भनी पढ्न नदिने
  • अङ्ग्रेजी भषा कमजोर हुनेहरुलाई म्यानपावर कम्पनीले करार पत्र नेपालीमा अनुवाद गरी बुझाउनु पर्छ
  • करार पत्रको फोटोकपी गर्न वा फोटो खिच्न नदिने
  • परिवार तथा साथी-भाइलाई करार पत्रको एक प्रति फोटोकपि वा फोटो राख्न दिएको छ भने ठगिमा पर्दा आफूसँग प्रमाण हुन्छ
  • करार पत्रमा न्यूनतम तलब, सुविधा, बिदा आदिको बारेमा नलेख्ने र उता पुगेपछि भनेको भन्दा थोर्है तलब र सुविधामा काम लगाउने
  • करार पत्र राम्रोसँग पढ्न नदिने वा यति पनि विश्वास छैन भनी अनेक बहाना बनाएर तपाईँलाई नपढीकन सही गर्न लगाउने
  • मुखले एक थरी कामको लागि लैजाने भन्ने र करार पत्रमा अर्कै थरी काम गर्न जान लागेको भनी लेख्ने 
  • दुईवटा करार पत्र बोक्नु पर्छ एउटा  झोलामा बोक्नु पर्छ र अर्को थरी चाई विमानस्थलको कर्मचारीलाई देखाउनु पर्छ भन्ने
  • सक्कली करार विमानस्थलमा पुगेर चेक जाँच हुने समयमा देखाउनको लागि मात्रै दिएका हुन सक्छन्
  • करार पत्र तपाईँलाई दिँदै नदिने
  • तपाईँलाई करार पत्र नदिई म्यानपावरका मानिसहरू आफैले मिलेर तपाईँको नामको झुठो सही गरेर पनि पठाउन सक्छन्

त्यसैले आफू ठगीमा परि सकेपछि दिक्क मान्नु भन्दा सुरु मै चनाखो हुनु राम्रोहुन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!