कोरियामा मासिक तलब बढ्यो, ४० हजार भन्दा बढी नेपालीलाई फाइदा

Posted on: 15 Jul, 2018

असार ३१,काठमाडौं । दक्षिण कोरीयामा कामदारहरुको तलब बृद्धि भएको छ । रोजगारदाता तथा मजदुर संगठनका प्रतिनिधिबीच लामो छलफलपछि शनिबार विद्यमान तलबमा १० दशमलव ९ प्रतिशत तलब बृद्धिको सहमति भएको हो ।

हाल कोरीयामा ४० हजार भन्दा बढी नेपाली कार्यरत रहेका छन् । उनीहरु तलब बृद्धिबाट लावान्भित भएका छन्  । यो बृद्धि भएको तलब सन् २०१९ मा ईपीएस मार्फत रोजगारीमा जाने नेपाली कामदारहरु पनि पाउने छन् । कोरीयामा तलबबृद्धि पछि कामदारहरुले प्रतिघण्टा ८ हजार ३ सय ५३ वन पाउनेछन् ।

यसअघि मासिक तलब ७ हजार ५ सय ३० वन थियो । बृद्धिपछि मासिक तलब १ लाख ६८ हजार रुपैयाँ भन्दा बढी पाउने छन् । यो तलब बृद्धि विगत एक दशक यताकै धेरै उच्च हो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!