बैदेशिक रोजगारमा सबैभन्दा बढी कामदार पठाउने म्यानपावर दि रिभर, टप-५० मा को-को ?

Posted on: 19 Jul, 2018

साउन ३, काठमाण्डौ । बैदेशिक रोजगारीको लागि एक वर्षमा एक म्यानपावर कम्पनीले कति जना कामदार विदेश पठाउन सक्छ ? १ सय २ सय या ५/७ हजार तर एक वर्षमा एक जना मात्र विदेश पठाउने म्यानपावर कम्पनी पनि भेटिएका छन् ।

बैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७४/०७५ को तथ्यांक अनुसार वर्षभरीमा १ जना मात्र कामदार पठाउने म्यानपावर कम्पनीको संख्या ८ वटा रहेको पाइएको छ ।  आयूष ओभरसिज प्रा.लि., अल्करिम ओभरसिज कन्सल्टेन्ट प्रा.लि., ग्लोबल ड्रिम रिक्रुटमेन्ट प्रा.लि., मेगा इन्टरनेशनल रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि., पावर वर्कर प्रा.लि., प्रस्तुति रिक्रुटमेन्ट प्रा.लि., एस.एस. ओभरसिज प्रा.लि. र सर्भिङ ओभरसिज प्रा.लि. रहेका छन् । जसमध्ये १/१ जना मात्र महिला कामदार पठाउने ग्लोबल ड्रिम रिक्रुटमेन्ट प्रा.लि. र आयूष ओभरसिज प्रा.लि. ले एक वर्षमा एक जना मात्र कामदार विदेश पठाएका छन् । अस्तित्वमा रहेका म्यानपावर कम्पनीहरुमध्ये २ सय भन्दा बढी म्यानपावर कम्पनीहरुले एक जना पनि कामदार पठाउन नसकेको पाइएको छ ।

द रिभर पहिलो, दोश्रोमा कोशी, तेस्रोमा एसओएस 

काठमाडौं राजधानीको वत्तीसपुतलीस्थित दि रिभर ओभरसिज प्रा.लि.गत आर्थिक वर्षमा सबै भन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाएर पहिलो नम्बरमा परेको छ।  दि रिभरले ६ सय ६२ महिला कामदार सहित ५ हजार ८ सय ४ कामदार पठाएको छ । दि रिभर ओभरसिज अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा पनि सबै भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनी बनेको थियो ।  अघिल्लो वर्ष उक्त म्यानपावर कम्पनीले ९ हजार १ सय १३ जना कामदार वैदेशिक रोजगारीमा पठाएको भएपनि संख्यामा भने कामि आएको हो । 

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कमदार पठाउने सूचीको तस्रो स्थानमा रहेको विशालनगरस्थित कोशी इन्टरनेशनल सर्भिसेज प्रा.लि. दोस्रो स्थानमा परेको छ । कोशी इन्टरनेशनल ८ सय १४ महिलासहित ५ हजार ४ सय ७२ कामदार पठाएर दोस्रो स्थानमा पुगेको हो ।   कोशीले अघिल्लो आर्थिक वर्षमा ६ हजार २ सय २१ जना कामदार पठाएको भएपनि संख्यामा भने कमि आएको हो । 

४ हजार ६ सय ७७ कामदार पठाएर धापासीस्थित एसओएस म्यानपावर सर्भिसेज प्रा.लि. धेरै कामदार पठाउने सूचीको तेश्रो स्थानमा परेको छ । यद्यपि अघिल्लो आर्थिक वर्ष दोस्रो स्थानमा रहेको एसओएसले ६ हजार ६ सय १९ जना कामदार पठाएको थियो ।

विभागको तयार पारेको वार्षिक तथ्यांक अनुसार गत आर्थिक वर्षमा कूल १ हजार ७२ वटा म्यानपावर कम्पनीबाट एक वर्षमा  ३ लाख २३ हजार ८ सय ७७ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये पुरुषको संख्या ३ लाख ४ हजार ५ सय ६९ रहेको छ भने महिलाको संख्या १९ हजार ३ सय ८ रहेको छ । म्यानपावर दर्ताको हिसावले १५ सय नाघेपनि करिव १ हजार तीन सय हाराहारी म्यानपावर अस्तित्वमा रहेका छन् ।

सबैभन्दा बढी कामदार पठाउने यी हुन् ५० म्यानपावरहरु: 

४. ईन्टरनेशनल म्यानपावर रिक्रुटिङ सर्भिस प्रालि (४ हजार ३ सय २२ जना) 

५. भिजन एण्ड भ्यालु ओभरसीज प्रा.लि (३ हजार ३२ जना)

६. ट्रष्ट नेपाल ओभरसीज प्रालि (२ हजार ७ सय ९ जना)

७. साउण्डलाईन्स रिक्रुमेन्ट प्रालि (२ हजार ६ स ६३ जना)

८. सान नेपाल प्रालि (२ हजार ५ सय ९४ जना)

९. प्याराडाईज इन्टरनेशनल प्रालि (२ हजार ४ सय ८७ जना)

१०. मास ह्युमन रिसोर्स प्रालि (२ हजार ४ सय ७० जना)

११. राज ओभरसीज प्रालि (२ हजार २ सय ९७ जना)

१२. मोन्टेज ओभरसीज प्रा.लि (२ हजार २ सय ५४ जना)

१३. स्काई वेज ब्यूरो प्रालि (२ हजार १ सय ७८ जना) 

१४. वाईड स्पेस इन्टरनेशनल प्रालि (२ हजार १ सय ३३ जना)

१५. अल स्कील इन्टरनेशनल ह्युमन रिसोर्स प्रालि (२ हजार १ सय ९ जना) 

१६. अन्जुलिमा ओभरसीज सर्भिस प्रालि (१ हजार ९ सय ९८ जना)  

१७. अल आसमास कम्पनी प्रालि (१ हजार ८ सय ६६ जना )

१८. शिखर इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रालि (१ हजार ८ सय ६१ जना)

१९. स्विफ्ट गोर्खा ईन्टरनेशनल प्रालि  (१ हजार ८ सय १८ जना) 

२०.  आकर्षण ईन्टरनेशनल प्रालि (१ हजार ८ सय १३ जना)

२१. अक्सफोर्ड इन्टरनेशनल प्रा.लि (१ हजार ७ सय ४१ जना) 

२२. वाहा म्यानपावर सप्लायर्स प्रालि (१ हजार ६ सय ९६ जना) 

२३. लक्की एचआर सोलुसन प्रालि (१ हजार ६ सय ३ जना) 

२४. प्रुडेन्सियल ओभरसिज प्रालि (१ हजार ५ सय २२ जना) 

२५. लाईफ ईन्टरनेशनल प्रालि (१ हजार ५ सय ७२ जना)

२६. ट्रेण्डवे ईन्टरनेशनल प्रालि (१ हजार ५ सय ६४ जना) 

२७. अलसमिट म्यानपावर प्रालि (१ हजार ५ सय ३५ जना) 

२८. ओशो रिक्रुटमेन्ट एजेन्सी प्रालि (१ हजार ५ सय ३४ जना) 

२९. सम्पदा ओभरसीज प्रालि (१ हजार ५ सय २७ जना) 

३०. अन्जुलिमा इन्टरनेशनल प्रालि (१ हजार ४ सय ७२ जना) 

३१. लाल धनुष ईन्टरनेशनल सर्भिस प्रालि (१ हजार ४ सय ६६ जना) 

३२. एससीसी म्यानपावर कम्पनी प्रालि (१ हजार ४ सय ६४ जना)

३३.  ब्यु स्काई ईन्टरनेशनल प्रालि (१ हजार ४ सय ५० जना)

३४.  गोर्खा एशोसियट प्रालि (१ हजार ४ सय ५० जना)

३५.  फ्युचर ईम्लाईमेन्ट सर्भिस प्रालि (१ हजार ४ सय २६ जना) 

३६. ट्रान्स वल्र्ड म्यानपावर कम्पनी प्रालि (१ हजार ४ सय १५ जना)

३७.  देवान कन्सल्ट्यान्ट प्रालि (१ हजार ३ सय ८२ जना)

३८.  कावेली ह्युमन रिसोर्स प्रालि (१ हजार ३ सय ६५ जना) 

३९. याक्का ओभरसीज ईम्लाईमेन्ट प्रालि (१ हजार ३ सय ४० जना) 

४०. लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रालि (१ हजार २ सय ५७ जना) 

४१. ह्वाइट हर्स ईन्टरनेशनल प्रालि (१ हजार २ सय २१ जना) 

४२. अल्फासिग्मा ओभरसीज प्रालि (१ हजार २ सय २१ जना) 

४३. ट्यालेन्ट ओभरसीज सर्भिस प्रालि (१ हजार २ सय १० जना) 

४४. नीलकमल ह्युमन रिसोर्ज प्रालि (१ हजार २ सय ३ जना) 

४५. सुवास ह्युमन रिसोर्स सर्भिस प्रालि (१ हजार १ सय ६२ जना) 

४६. क्षितिज ईम्प्लोइमेन्ट सर्भिस प्रालि (१ हजार १ सय ५९ जना) 

४७. एमकोन ओभरसीज प्रालि (१ हजार १ सय ५७ जना)

४८. ईगल हन्टर ईन्टरनेशनल प्लेसमेन्ट प्रालि (१ हजार १ सय ४८ जना) 

४९. लाईफ लाईन ओभरसीज प्रालि (१ हजार १ सय ३६ जना)  

५०. क्याराभान ईम्लपाईमेन्ट सर्भिस प्रालि (१ हजार १ सय २४ जना) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!